सेती नदीको पुल निर्माणको २८ प्रतिशत भौतिक प्रगति



गण्डकी ।  पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथिको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए ।

निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले गत वर्षको असोजदेखि पुल निर्माण शुरू गरेको थियो । दुई वर्षअघि ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले पुल निर्माण ढिला शुरू गरिएको हो । निर्माणको सम्झौता अवधि अझ एक वर्ष बाँकी छ ।

‘तीनतिर टावरको काम शुरू भइसकेको छ, चालू आवभित्रमा तल्लो भाग निर्माण सक्ने लक्ष्य लिइएको छ,’ इन्जिनियर नेपालले भने, ‘जग निर्माणमा समय बढी लाग्यो, अब टावरलगायत माथिल्लो संरचनाको काम तीव्र गतिमा हुन्छ ।’

उनका अनुसार हालको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा ‘सिग्नेचर’ पुल बन्नेछन् ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्का लागेको हो ।

उक्त पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण थप बढ्ने आशा गरिएको छ । पुलको डिजाइन आकर्षक रहेको इन्जिनियर नेपालले बताए ।

निर्माणमा कुनै बाधा नआए आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने जनाइएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर

झापा । मेचीनगर नगरपालिका-९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर

सर्वोच्चको अदालतको बोर्डमा कालो छ्यापेको अभियोगमा बिनु यादव पक्राउ

काठमाडौं । श्रीमानबाट हिंसामा परेको दाबी गर्दै आएकी बिनु यादवलाई प्रहरीले पक्राउ गरेको

चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द

पर्वत । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ । वर्षायाममा

बदलिँदै दुर्गमको परिचय

बलेवा (बागलुङ) । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी