काठमाडौं । काठमाडौँ महानगरपालिले नेकपा एमालेलाई जरिवानाको पत्र हुलाक र इमेलबाट पठाएको छ । आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमा पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिवानाको सूचना बुझ्न अस्वीकार गरेको थियो ।
त्यसपछि महानगरले सोमबार हुलाक र इमेलबाट पत्र पठाएको हो । मेयर बालेन साहका स्वकीय सचिव भूपदेव साहले सोमबार बिहान हुलाक र इमेलबाट पत्र पठाएको जानकारी दिए ।
मंसिर ७ गते नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको जागरणसभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले १ लाखा जरिवाना गरेको थियो । जरिवानाको पत्र बुझाउन महानगर प्रहरी एमाले केन्द्रीय कार्यालय पुग्दा आफूहरु आयोजक नभएको भन्दै फर्काइएको थियो ।

प्रतिक्रिया