कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने



कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ)लाई महोत्सवका रुपमा गरिने भएको छ ।

अन्नपूर्ण गाउँपालिका प्रवद्र्धक रहेको हनि हन्टिङ महोत्सव यही मङ्सिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको लान्द्रुकको महभिरमा एक सय वर्षअघिदेखी परम्परागत रुपमा मह काढ्दै आइए पनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गर्दै आएको महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।

लान्द्रुकस्थित मोदी खोलाको किनारस्थित कोटेसाङ भिरमा मौरीका घार रहेका छन् । भिरमा जोखिम मोलेर भिरौटेले काढेर ल्याएको प्राकृतिक मह स्वास्थ्यप्रद्र्धक समेत मानिन्छ । “हनि हन्टिङको ऐतिहासिक र सांस्कृतिक महत्वको बारेमा जानकारी गराउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नेछौँ । महभिरमा गएर मह काढ्ने, मह निकाल्ने र प्रदर्शन तथा बिक्री वितरणले गाउँको पर्यटन विकास हुने अपेक्षा छ”, अध्यक्ष गुरुङले भने।

कोटेसाङ भिरमा ६० मौरी घार छन् । भिरमौरीको मह प्रतिलिटर रु तीन हजारमा बिक्री हुने गरेकाले स्थानीयको आम्दानी पनि राम्रो हुने अध्यक्ष गुरुङले बताउनुभयो । मह काढेको अवलोकनका लागि आएका विदेशी पर्यटक भिर मह काढेको देखेर खुसी हुने र पर्यटकको बसाइँसमेत लम्बिएको स्थानीको भनाइ छ ।

लान्द्रुक मर्दी हिमाल आधार शिविर र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार हो । यहाँबाट पुन हिलसमेत जान सकिन्छ । पर्यटकीयस्थलमा आयोजना हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षणसँगै पर्यटन विकासमा मद्दत पुग्ने विश्वास गरिएको सोही वडाका वडाध्यक्ष भरतमान गुरुङले बताए।

यसैगरी महोत्सवका अवसरमा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । भलिबलको विजेताले रु ७० हजार, द्धितीयले रु ४० हजार र तृतीयले नगद रु २० हजार पुरस्कार प्राप्त गर्ने खेल संयोजक महादेव गुरुङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जङ्गली हात्तीको आक्रमणबाट झापामा बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी

चैतमा गर्ने तय भएको दसौं राष्ट्रिय खेलकुद जेठमा हुने

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद तेस्रो पटक सरेको छ । युवा तथा खेलकुद

सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड

गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा)

किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग