अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन



त्रिशूली । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन मातहतको प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा निर्माण गरिएको भगवती मन्दिर र नागरिक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूहका क्रियाकलाप नियन्त्रण गर्दै नागरिकको स्वतन्त्रता सुनिश्चित हुने कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीको ध्यानाकर्षण गराए ।

‘समाजमा गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति तथा समूह एवम् सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध खरो रूपमा प्रस्तुत हुन प्रहरी सदैव तयारी अवस्थामा बस्नुपर्छ’, उनले भने, ‘कुनै किसिमको दबाब र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिबद्ध भएर आफ्नो साख जोगाउन लाग्नुहोस् ।’

सीमित स्रोत साधनबाट नै प्रहरीले आफ्नो शत्प्रतितशत योगदान दिने प्रयास हरदम जारी राखेकाले अभाव, दबाब र प्रभावमा नपर्नका लागि प्रहरी कर्मचारीलाई महानिरीक्षक कुँवरले सचेत गराए ।

प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउनसक्ने विपद्जन्य घटना सबैको चुनौतीका रूपमा रहेको हुँदा त्यसको सामनाका लागि सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवाला निकायबीचको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरिहार्य आवश्यक रहेको उनले बताए ।

आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा चुनौती तथा जोखिमको विश्लेषण गरी ‘निर्वाचन सुरक्षा योजना’ निर्माण गर्न तथा कार्यान्वयनको निमित्त तयारी अवस्थामा रहन उहाँले मातहतको प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु

बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने

लुम्बिनी । बौद्धदर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्याउने व्यक्तिहरूको विषयमा अनुसन्धान र

दुर्गा प्रसाईं, रविन्द्र मिश्रलगायतलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते घटेको घटनामा संलग्न आरोपमा पक्राउ परेका

काभ्रेको बनेपामा नवदुर्गा जात्रा सम्पन्न

काभ्रे । काभ्रेको बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आइतबार सम्पन्न भएको