राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी फैसला सर्वोच्चले पुनरावलोकन गर्ने



 

काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनः सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले बिहीबार यस विषयमा पुनरावलोकनको अनुमति प्रदान गरेपछि कर्मचारी समायोजनको विषयमा पुनः सुनुवाइ हुने भएको हो ।

सहन्यायाधिवक्ता गोविन्द खनालसमेत उक्त विषयमा पुनरावलोकनको अनुमतिको माग गरेका थिए । इजलासले उक्त विषयमा सुनुवाइपछि पुनरावलोकन अनुमति दिएको हो ।

“यसमा राष्ट्र सेवकको तलब समायोजन गर्दा त्यस्ता राष्ट्र सेवकहरूको सङ्ख्या के कति हुने ? के कति रकम आवश्यक पर्ने? राजस्वको स्थिति के कति छ? तलब समायोजनको अवस्थामा राज्यलाई के कति थप व्ययभार पर्ने?”, आदेशमा भनिएको छ ।

आदेशमा विषयको विश्लेषण गरी कार्यकारी निकायबाट नीतिगत रुपमा हुनुपर्ने निर्णयसम्बन्धी विषयमा यस अदालतको संयुक्त इजलासबाट गत असार १० गते भएको आदेश ने.का.प. २०६७ नि.नं. ८३९० मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल देखिंदा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान गरिएको छ उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
११ एयरलाइन्स कम्पनीले बुझाए हवाई भाडादरको विवरण

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई

अन्तर्राष्ट्रिय हवाई उडानको भाडामा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न कार्यदल गठन

  काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन

उपत्यकाका खोला किनारका संरचना हटाउने सर्वोच्चको फैसला पुनरवलोकनको बाटो खुल्यो, सर्वोच्चले दियो निस्सा

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका खोला किनारका संरचना हटाउन यसअघि गरेको फैसला

राष्ट्रपति पौडेलद्वारा भारतीय सेना प्रमुख द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ