काठमाडौं । विश्व हिन्दू परिषद नेपालले धर्मान्तरण गराउने उद्देश्यले चितवनको रत्ननगरमा हुन लागेको शिविरमाथि प्रतिबन्ध लगाउन माग गरेको छ ।
परिषदले गृह मन्त्रालयलाई ज्ञापनपत्र गराउँदै शिविरमाथि प्रतिबन्ध लगाउन माग गरेको हो । यस्ता शिविरमा सनातन हिन्दू धर्मावलम्बीहरुलाई विभिन्न किसिमका रोग निको पारिदिने भन्दै भ्रममा पारिदिने गरेकाले यस्ता शिविरमाथि प्रतिबन्ध लगाउनुपर्ने माग परिषदले गरेको छ ।
परिषदले यस्ता शिविरमाथि प्रतिबन्ध नलागाई आफूहरु आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।


प्रतिक्रिया