झापामा घर भत्काउन थालेको हात्ती धपाउन खोज्दा आक्रमण, एकको मृत्यु


झापा । हात्तीको आक्रमणमा परी आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।