दार्चुलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो



दार्चुला । दार्चुलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दार्चुलाको मालिकार्जुन मन्दिरमा लागेको जात्राबाट फर्कने क्रममा जिप दुर्घटना हुँदा दुई भारतीयसहित आठ जनाको मृत्यु भएको हो ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय संजिव बोहरा, वीरेन्द्र बोहरा, शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीया मिना लेखक तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको अवस्था गम्भीर रहेको छ । ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण

दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै दैलेखका किसानको

कोप–२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय

आफूहरुको अधिकारमाथि केन्द्र सरकारले हस्तक्षेप गरेको बालेनको आरोप

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न संघीय सरकारले

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती