कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापति सिग्देलको निर्देशन



काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई निर्देशन दिएका छन् ।

नेपाली सेना प्राड विवाक स्थापनाको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित चारदिने कानुनी गोष्ठी समापन कार्यक्रममा उनले कानुन अधिकृतले आफूलाई प्राप्त जिम्मेवारी कानुनी मापदण्डभित्र रहेर सम्पन्न गर्नुपर्ने बताए ।

सेनामा कार्यरत कानुन अधिकृतको सैनिक न्यायप्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष उक्त गोष्ठी आयोजना हुँदै आएको छ ।

प्राड विवाकका महानिर्देशक उपरथी जीवनप्रसाद दाहाल, पूर्वप्रमुखहरू, नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधि, उच्च अदालतका पूर्वन्यायाधीशलगायत विषयविज्ञबाट सम्बद्ध विषयमा प्रस्तुतीकरण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्वतका विनायक मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण

पर्वत । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च

सुन, चाँदी र २९ लाख नगदसहित कोटेश्वरबाट श्रीराम ज्वेलर्सका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातु, चाँदी र झन्डै २९ लाख नगदसहित

सप्तरीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्याक्टर र

हृदयेन्द्रलाई लिएर गए पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका साथ नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह  नारायणधाम मन्दिरमा