अनुसन्धानमा खटिएका कर्मचारीलाई कानुनका प्रावधान पालना गर्न प्रहरीले गरायो सचेत



 

काठमाडौँ । नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराधसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन सचेत गराएको छ ।

अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानुनका प्रावधानलाई पालना गरी नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने जनाउँदै मातहतका कर्मचारीलाई निर्देशन दिइएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा भएको अपराध अनुसन्धानसम्बन्धी अन्तरक्रियामा  कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अपराध अनुसन्धानमा खटिने प्रहरीले ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन् । उनले मातहतका सम्पूर्ण कर्मचारीलाई कानुनका प्रावधान पालना गर्दै न्यायसम्पादन गर्न अनुरोध गरिन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी सेवाग्राहीको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखी प्रहरीका काम, कर्तव्य सफल पार्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिइन् ।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत रहेको तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का सम्पूर्ण मुद्दा चल्ने २१ प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख र सहायकका साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीलगायतको उपस्थिति थियो ।

यसअघि उपत्यका प्रहरीले मातहतका मुद्दा चल्ने प्रहरी युनिटमा अनुगमन गरेको थियो । अनुगमनमा देखिएका कमीकमजोरीका विषयमा समीक्षा गर्दै सुधारका लागि उक्त छलफल गरिएको अपराध अनुसन्धान शाखा कार्यालयले जनाएको छ ।

उपत्यकामा हुने अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन तीनवटै जिल्लाका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन पनि दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिंहासनमा बसेर हिंसा भड्काउने अर्को अभिव्यक्ति

काठमाडौं । गत चैत १५ मा यो व्यवस्था उल्ट्याएर राजा फर्काउने भन्दै दुर्गा

दुग्ध डेरीको बदमासीः किसानले भुक्तानी मागेपछि दूध नउठाउने चेतावनी

चितवन । चितवन जिल्लाका केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन्

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक

५३ लाखमा बागवानीको आँप ठेक्कामा

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको उष्ण प्रदेशिय बागवानी केन्द्रले यस वर्ष ५३ लाख