पर्यटन व्यवसायी वाग्लेको निधन



काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ । तत्कालीन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपालका महासचिवसमेत रहेका ५५ वर्षीय वाग्लेको आइतबार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पर्यटन व्यवसायी पशुपति कँडेलले जानकारी दिए । अकस्मात कलेजोको समस्या देखिएपछि वाग्लेलाई कात्तिक १९ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेले काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

उनले जलविद्युत्, बीमा, बैङ्कलगायतमा समेत लगानी गर्नुभएको थियो । वाग्लेको सोमबार बिहान पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने उहाँको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव फेला

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका

नेपालमा निम्बार्क सम्प्रदाय र भगवत् शरणको योगदान

डा. गोविन्दशरण उपाध्याय । निम्वार्क सम्प्रदायका विनम्र अनुयायीहरूले निम्वार्क सम्प्रदायका प्रमुख संस्थापक हंस

सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित

पाँचथर । बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१