सिन्धुलीमा गोली प्रहारबाट एकजना घाइते



सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना घाइते भएका छन् । आइतबार दिउँसो हरिहरपुरगढी गाउँपालिका ६ ढप्सेमा गोली चल्दा एक जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार गोली लागेर मकवानपुर बागमती गाउँपालिका १, बोटगाऊँका ४० वर्षीय प्रेम बहादुर बम्जन घाइते भएका हुन् ।

गोली हेलमेटको दाहिने भाग र गाला छेडी दाँतमा अड्केको उनले जानकारी दिए । घटनापछि घाइतेलाई उपचारको लागि सर्लाहीको मोडेल अस्पताल लगिएकोमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्जमा रहेको वयोधा हस्पिटलमा लगिएको उनले जानकारी दिए ।

घाइते प्रेमबहादुर बम्जन र उनका भाइ दिलबहादुर बमजन प्र.२–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकलमा रौतहटबाट सर्लाही हुँदै सिन्धुलीबाट मकवानपुर तर्फ जाने क्रममा तीन जना तराई मूलका जस्तो देखिने अपरिचित मानिसहरूले ढप्सेमा रोकी पैसा मागेको र साथमा रहेको एक हजार २०० रुपैयाँ दिने क्रममा गोली हानेका भाइ दिलबहादुर बम्जनले जानकारी दिएको प्रहरी उपरीक्षक काफ्लेले सरोकार बताए । घटनापछि गोली प्रहार गर्नेहरू फरार रहेको र अनुसन्धान तथा खोजी कार्य भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

कञ्चनपुर । उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापाले व्यावसायिक रूपमा फलफूलखेती थालेका छन्

चिसो बढेपछि सुनसान बन्यो सुन्दर ‘बुकीपाटन’

बागलुङ  ।  चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन्। असारदेखि कात्तिक पहिलो

उदाहरणीय बन्दै एक्लो महिला बरघर अंकली

कञ्चनपुर ।  । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीकी ५२ वर्षीया अंकली डगौरा गाउँको रीतिथिति बसाल्ने