हिमाली जिल्लामा पनि मनाइयो छठ पर्व 



 

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा  छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् ।

बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । उनीहरुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।

नुहाइ धुवाई शुद्ध बस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आउनुभएका सञ्जय ठाकुरले बताए । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अर्घ्य चढाएका थिए ।

उनीहरुले ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए ।

म्याग्दीमा विस २०७७ देखि छठ मनाउन सुरु गरिएको हो  । सरकारले २०७६ साल फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखामा ४.५ रेक्टरको भूकम्प

काठमाडौँ । दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार साँझ

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

  सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहीबार एकैदिन एक सय ८४

मकवानपुरमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ(तस्बिरसहित)

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ