मकवानपुरमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते



बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डडेलधुराको गन्याधुरा गाउँपालिका–१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृतक दियाल लेसनायक पदमा कार्यरत थिए ।

करेन्ट लागेर डडेलधुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत सैनिक अस्पताल छाउनी काठमाडौँ पठाइएको र मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखामा ४.५ रेक्टरको भूकम्प

काठमाडौँ । दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार साँझ

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

  सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहीबार एकैदिन एक सय ८४

हिमाली जिल्लामा पनि मनाइयो छठ पर्व 

  म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा  छठ पर्व मनाइएको छ

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ(तस्बिरसहित)

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ