पोखरामा बस दुर्घटना, दुईजना घाइते
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ शान्तिस्तुपा नजिकै बस दुर्घटना भएको छ । नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नम्बरको मिनी बस चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको रुखमा अड्किएको हो ।
बसमा सवार महिला ७ र पुरुष १७ जना गरी जम्मा २४ जना मध्ये २ जना घाईते भएका छन् । उनीहरुको नमस्ते अस्पताल बिरौटामा उपचार भएको छ । बसलाई क्रेनको सहायताले निकालिएको छ । घाइते हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने वर्ष १७ की सन्ध्या रसाईली र वर्ष १९ की मनिषा रसाईली रहेका छन् । ।