फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल, किसान चिन्तित



गण्डकी । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ ।

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे ।

गभारोले यस अघि बाली सखाप नपारेको अनुभव उनले सुनाए । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् ।

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । ‘फेवाफाँटमा गभारोको प्रकोप रहेछ । समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,’ महाशाखा प्रमुख मनोहर कडरियाले भने ।

साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिलिमे-त्रिशूली प्रसारण लाइन सञ्चालनमा, करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्नसक्ने

काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित

तोलामै चार हजारले घट्यो सुन

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कञ्चनजङ्घा हिमालको नजिकै रहेको नेपालपिक हिमालको दृश्य

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लोनाक क्षेत्रबाट देखिएको कञ्चनजङ्घा हिमालको नजिकै रहेको नेपालपिक हिमालको दृश्य

क्षतिको विवरण प्राप्त नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक । असोज दोस्रो साता आएको बाढीपहिरोबाट काभ्रेका ७९ जनाले ज्यान गुमाए ।