छठ पूजाका लागि धपक्कै बल्यो कमलपोखरी(फोटोफिचर)



काठमाडौं । छठ पर्वको रौनक यतिबेला काठमाडौं उपत्यकामा पनि बढेको छ । काठमाडौँ उपत्यकाकाभित्रका विभिन्न नदी यतिबेला झिलीमिली पारिएका छन् ।

छठ पर्व मनाउन महानगरपालिकाले नदी सफाइ र पालको व्यवस्था गरेको छ । यस वर्ष काठमाडौँ महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको छ । महानगरले गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब, र भुवनेश्वरी मन्दिरमा छठ मनाउने व्यवस्था मिलाएको छ ।

सूर्यसँग मानवसहित प्राणी जगतको सम्बन्धमा आधारित सांस्कृतिक पर्व छठका लागि काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा रहेको कमलपोखरी श्रद्धालुहरुको उपासनाका लागि तयार गरिएको छ । बत्तीको उचित व्यवस्थापन गरेर आकर्षक बनाइएको छ । छठ पूजाका लागि यसरी सिंगारिएको छ कमलपोखरी

तस्बिरः काठमाडौं महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अछाममा दुई किशोरी मृत्यु प्रकरणमा अनुसन्धानका लागि दुईजना पक्राउ

अछाम । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि दुई जना

सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा

झापा ।  झापाको शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र

लुम्बिनी । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत ‘सवस्टेसन’ को काम ४० प्रतिशत

प्रचण्ड दुईदिन प्रधानमन्त्री ओलीको जन्मथलो आठराईमा बस्ने, साथमा वर्षमान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुम भ्रमणमा निस्किएका