टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता
काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको हो ।
दर्ता भएसँगै अब टिकटकले कानूनी वैधानिकता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो ।
टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।