धादिङमा दुईवटा बस आपसमा ठोक्किँदा १३ जना घाइते



 

मलेखु (धादिङ) । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।

घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।
तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटमा जंगली हात्ती गाउँ पसेपछि स्थानीय त्रसित, धान र केराखेती नष्ट

चन्द्रपर  ।  रौतहटका गाउँमा जङ्गली हात्ती पस्न थालेपछी स्थानीय त्रसित भएका छन् ।

छठ पुजाका लागि यसरी सिँगारिँदैछ काठमाडौंमा छठघाट(फोटोफिचर)

काठमाडौँ । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौँ

टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता

काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । मंगलबार नेपालमा आधिकारिक

स्थानीय जातका गाई संरक्षण गर्न चितवनमा एक करोडको अक्षयकोष स्थापना

चितवन । चितवनको भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका