एक सय ६२ सडक मानवको उद्धार



बागलुङ । २३ दिन दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान मंगलबार बागलुङ आइपुगेको छ ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनीछोयङ्ग डोल्मा सहितको ५० सदस्यीय समूहले हालसम्म एक सय ६२ सडक मानवको उद्धार गरेको जनाएको छ ।

समूहले एक सय २१ पुरुष, ३६ महिलाका साथै चार जना बालिका र एक जना बालकको उद्धार गरेको हो ।
अभियानकै क्रममा हाल गण्डकी प्रदेशमा उद्धार अभियान जारी रहेको अध्यक्ष अधिकारीले बताए । ‘पोखरामा दुई बालिकाको उद्धार गरेका छौं’, उनले भने ।

यसैबीच, कार्यक्रममा बागलुङका स्थानीय तीर्थप्रसाद श्रेष्ठले निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माणका निम्ति एउटा कोठा बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । धौलागिरिका चार जिल्ला कार्यक्षेत्र भएको बागलुङ शाखामा ६३ जना सहयोगापेक्षी आश्रित छन् । हाल मानव सेवा आश्रमको भवन बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन छ ।

चाडपर्वमा कोही सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यले मेची–महाकाली राष्ट्रिय उद्धार अभियान प्रारम्भ भएको हो । अभियानको खर्च गायिका आनीछोयङ्ग डोल्माले व्यहोरेकी हुन् । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा ५० जना यात्री छन् । केन्द्रले सातवटै प्रदेशका १९ जिल्लामा २५ वटा शाखामार्फत सेवा गर्दै आएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बझाङको तलकोटबाट चैनपुर आउँदै गरेको जिप , तीन जनाको घटनास्थलमै मृत्यु

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  तलकोट गाउँपालिकाबाट

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी

बुद्ध एयरको जहाजको आपतकालीन ढोका खोल्ने यात्रुलाई दुईलाख जरिवाना

बुद्ध एयरको विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई एक एक लाख जरिवाना काठमाडौँ

टिपरको ठक्करबाट तारकेश्वरमा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।