पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत फेला



सर्लाही । सर्लाहीमा पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत भेटिएका छन् । गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत भेटिएका हुन् ।

उनीहरूको शव प्रहरीले पोखरीबाट बाहिर निकालेको छ । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा मंगलबार बिहान डुबेको थियो । कार डुब्दा दुईजना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका छन् ।

घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।

टोलीले दुई जनाको शव फेला पारेको हो ।कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान मारमा

राँझा (बाँके) । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा

म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती

म्याग्दी । म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक,

एकीकृत समाजवादीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक