काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट ना ४ ख ३१६८ नम्बरको मालवाहक सवारीबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले जनाए । महानगरले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।

महानगरले तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराएको छ । गत वर्षदेखि महानगरले किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो । किसानलाई सहज होस् भनेर ४६ स्थानमा बिक्री स्थान तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यातायात व्यवसायीसँग गैरकानूनी रुपमा सवारी कर नउठाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं ।  यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता

लक्ष्मीपूजाको दिन विद्युत्को माग गत बर्षभन्दा एक सय ६४ मेगावाट बढी

काठमाडौं ।  यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड)

भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने

  भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही, दुई वर्षमा कालोपत्र गर्नुपर्नेमा पाँच वर्षसम्म अलपत्र

गलकोट ।  दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष