तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने



 

काठमाडौँ  ।  तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिहारमा उपत्यकाको सुरक्षामा प्रहरीको उच्च निगरानी, पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ ।  गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

-डा. अरुणा उप्रेती नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ। यस पर्वलाई दाजुभाइ

‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’