रास्वपा सभापति लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको  जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । सभापति लामिछानेलाई यसअघि असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

लामिछानेविरुद्ध अदालतले दोस्रो पटक म्याद थपेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई दिएको हो । रवि गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए भने पूर्वडीआईजी जोशी उपाध्यक्ष थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा जोशी र लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मर्यादित भएर चाडपर्व मनाउन प्रशासनको आग्रह

  काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन

खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा

सहकारी ठगीमा जोडिएका सत्तापक्षका नेता जोगाउने काममा सरकार लाग्योः माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सत्तापक्षका नेता जोगाउने काममा

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा खटिइएका नेपाली शान्ति सैनिकको भूमिका प्रशंसनीयः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी