साढे २० लाख भारुसहित कपिलवस्तुबाट २ भारतीय नागरिक पक्राउ



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित लिंक गेटमा सोमबार राति स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल आएको यूपी ५५ ए ६६६३ नम्बरको भाडाको गाडी खानतलासी गर्दा महाराष्ट्रको राइगढ जिल्ला मुम्बईसिटी बस्ने ३३ वर्षका सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी ४२ डिटी ५७२१ नम्बरको भाडाको गाडीमा आएका सोही ठाउँ बस्ने ३९ वर्षका उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

दुवै जनालाई नियन्त्रणमा लिई रकमसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिमानी आरोही बुढामगर बेलायतमा प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्ड’ बाट सम्मानित

बेलायत । विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन

बसको ठक्करबाट झापामा हजुरबुवा र नातिनीको मृत्यु

  झापा । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ भएको सवारी

वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान

जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै विपक्षी दलले गराए राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले