नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस


काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु एआईजीमा बढुवाका लागि सिफारिसमा परेका हुन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।