कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



मान्म (कालीकोट) । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबा जुम्लाबाट सुर्खेत गइरहेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।

ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ । चालकको घटनास्थलमै मृत्यु भए पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असोजमा साढे ३० हजार पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी ।  गत असोज महिनामा ३० हजार सात सय ३२ जना विदेशी पर्यटकले

पाथीभरा मन्दिरमा एकैदिन पुगे झन्डै ६ हजार दर्शनार्थी

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

फुङ्लिङ(ताप्लेजुङ) । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

पाटन (ललितपुर) । ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ ।