भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न



काठमाडौं ।  भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाईएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको ६ दिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ । उनी यही असोज १४ मा नेपाल आएका थिए ।

भ्रमणका क्रममा उनले पोखराको पनि भ्रमण गरेका थिए । त्यहाँ भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरेका भारतीय दूतावासले जनाएको छ ।

त्यस्तै, उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरेका थिए ।

मेजर जनरल देवगनले भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा उनीहरूबीच नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।

उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरूको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरूको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुस ९ देखि १७ गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

पोखरा । पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका पाइलट

जाडोमा यसरी गरौँ छालाको स्याहार

काठमाडौँ । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जाडोबाट जोगिन

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् ।

धान खेतीको क्षेत्रफल घटेपनि बाँकेमा धान उत्पादनमा भने वृद्धि

बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन