कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल



फुङ्लिङ(ताप्लेजुङ) । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार शिविर गुलजार भएको छ । शुक्रबार ६५ जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरेका छन् ।

घुन्सास्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, र भारतका आधार शिविरतर्फ गएका हुन् ।

पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका–६घुन्साका होटल व्यवसायी पेमा शेर्पाले पर्यटकको चहलपहल बढेसँगै बन्द होटल खुल्न थालेका जानकारी दिए । विराटनगर, धरान, दमकलगायत सहरबाट पनि कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटक पनि आउन थालेका छन् ।

फक्ताङलुङ गाउँपालिका–६ का क्याप्ला, फले, घुन्सा, खाबाजेन, र लोनाकका स्थानीयको मुख्य आम्दानी पर्यटन व्यवसाय हो ।

कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्या्कअनुसार, कञ्चनजङ्घा हिमालको आधारशिविर जाने मार्गमा ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका—६ स्थित ग्याप्लामा सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गीनामजोङ होटल पनि सञ्चालनमा छ । यहाँका होटलमा स्थानीयका उत्पादन खपत हुँदा उनीहरूको आर्थिक अवस्था सबल बन्दै गएको छ ।

पर्यटकका सहयोगीको मृत्यु

कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुङ्गाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले निजको शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएका छन् । उक्त टोलीका अन्य सबै सदस्य सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा….

लमजुङ ।  मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२

मालुखोला नजिक सडक भासिएपछि मन्थली–काठमाडौँ आवागमन अवरुद्ध

  मन्थली । लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ