पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प



इलाम । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

शुक्रबार अपरान्ह ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए । सडक मर्मतका क्रममा पहिरो गएको उनको भनाइ छ ।

राजमार्गअवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आवतजावत गर्ने सयौँ सङ्ख्यामा सवारी र यात्रु बोटोमै रोकिएका छन् । झापाबाट आएका सवारी साधनहरु माईखोलापारी र इलामबाट गएका सवारी साधनहरु पहिरोभन्दा माथिपट्टीको सडकमा लामबद्ध छन् ।

‘यात्रुलाई केही दूरी पैदल हिँडाएर सवारीमार्फत गन्तव्यमा पु-याउने काम भइरहेको छ’, प्रहरी प्रमुख ढकालले भने “यसका लागि रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’

पहिरोका कारण तत्काल सो क्षेत्रमा यातायात सञ्चालन हुने सम्भावना नभएपछि वैकल्पिकमार्ग प्रयोगको तयारी पनि भइरहेको उहाँको भनाइ छ । शनिबार बिहानदेखि इलाम नगरपालिका–१० गोदकस्थित सिमलगोलाइबाट जोगमाई खोला हुँदै इलाम नगरपालिका–८ तिल्केनी जोड्ने सडकलाई मेची राजमार्गको वैकल्पिक बाटोको रुपमा उपयोग गर्ने तयारी गरिएको उनले बताए।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनिषा कट्टेलले मेची राजमार्ग तत्काल सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक बाटोको खोजी भइरहेको बताए ।

इलाम नगरपालिका प्रमुख केदार थापाले सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी तत्काल वैकल्पिक बाटोको पहिचान गरी सञ्चालन गर्न आग्रह गरिएको बताए ।

पानी परिरहेकाले सो क्षेत्रमा जोखिम बढेको इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । सो स्थानमा गत साता समेत पहिरो जाँदा एक दिन राजमार्ग अवरुद्ध भएको थियो । मर्मतपछि सञ्चालनमा आएको एक साता नबित्दै पुनः पहिरो झरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरो तथा डुबानबाट प्रभावित १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानका राजा जिग्मे केशरबीच थिम्पुमा भेटवार्ता

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानी नरेश जिग्मे केशर

सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँ प्रदान

  मकवानपुर । यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु भएका एन्फा

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

काठमाडौँ । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी