सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँ प्रदान



 

मकवानपुर । यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी र बत्सलादेवी माविका विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले पहिरोमा परी मृत्यु भएका ६ जना विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका–१२ का १४ वर्षीय अनुपम घलान, मकवानपुरगढीका १४ वर्षीय साइमन योञ्जन, सिस्नेरीका १४ वर्षीय दिवस बानियाँ, सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौँ कलङ्कीका ११ वर्षीय प्रियान्स आचार्य, बारा निजगढका १४ वर्षीय विकल रेग्मीको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

प्रजिअ चिलुवालले सिस्नेरी, फाखेल र बकैया गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित परिवारबारे शनिबारदेखि स्थलगत अध्ययन सुरु गर्ने र राहत रकम हस्तान्तरण गरिने जानकारी दिए ।

उनका अनुसार बाढीपहिरो प्रभावित पाँच जनासम्मको परिवारलाई प्रतिपरिवार १५ हजार र पाँच जनाभन्दा बढी सदस्य भएमा  २० हजार रुपैयाँका दरले नगद हस्तान्तरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा

बाढीपहिरो तथा डुबानबाट प्रभावित १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानका राजा जिग्मे केशरबीच थिम्पुमा भेटवार्ता

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानी नरेश जिग्मे केशर

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

काठमाडौँ । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी