इमेज सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर देवकुमार नेपाली जेल चलान



बागलुङ  । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् । बागलुङ जिल्ला अदालतमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए । इमेज सहकारीकै बचत ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली १६ महिनादेखि फरार थिए ।बचत घर र जग्गामा हालेका उनी सहकारी संकटमा परेपछि फरार भएका थिए ।

नेपालीविरुद्ध १२ माघ २०८० मा रेडकर्नर नोटिस जारी भएको थियो । त्यसपछि उनी अन्तर्राष्ट्रिय प्रहरी संगठनको पनि खोजीको सूचीमा थिए । फरार रहेर लुक्दै आएका उनी यही असोज ११ गते भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका थिए । उनीमाथि सहकारीको एक अर्ब ८० करोड बचत अपचलन गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपदमा खट्नुपर्ने पदाधिकारी मुलुक बाहिर हुँदा प्रतिकार्यमा कमजोरी भएको सरकारले स्वीकार्नुपर्छः रवि लामिछाने

काठमाडौं। सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन्। राज्यव्यवस्था

सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि

प्रधानमन्त्रीको स्वीकारोक्तिः पूर्वतयारीभन्दा ठूलो विपद् आएकाले उद्धार र खोजमा कमजोरी भयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका

कैद नै बस्नुपरेछ भने पनि म तयार छु, तर, गैरकानुनी काम स्वीकार्य छैनः अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषय सर्वोच्च अदालतले