कैद नै बस्नुपरेछ भने पनि म तयार छु, तर, गैरकानुनी काम स्वीकार्य छैनः अध्यक्ष घिमिरे



काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषय सर्वोच्च अदालतले आफ्नो विषय बनाउन आवश्यक नरहेको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले आफूले न्याय परिषदले गरेको काम, क्रियाकलापको सन्दर्भमा बोलेको विषयलाई लिएर अदालतको अवहेलना मुद्दा चलाउन आवश्यक नरहेको बताएका हुन् ।

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमेतले हस्ताक्षर गरेको हरिकृष्ण कार्कीको प्रतिवेदनले अदालतको बेथितिबारे आफूले बोलेभन्दा कडा रहेको उनले बताए ।

घिमिरेले अदालतको अवहेलना मुद्दाको डटेर मुकाविला गर्ने बताए । उनले भने, ‘न्याय परिषद्को अध्यक्ष हुनुहुन्छ, संवैधानिक परिषद्को सदस्य पनि हुनुहुन्छ । संवैधानिक संस्थामा बस्ने अनि, मुद्दाको रोहमा यो बोलिएको होइन । यो न्याय परिषदले गरेको काम, क्रियाकलापको सन्दर्भमा बोलिएको शब्द हो । त्यसैले यो विरोध गर्न पाइन्छ । हरिकृष्ण कार्कीको प्रतिवेदनमा स्वयं भोलि बन्न लाग्नुभएको प्रधानन्यायाधीश प्रकाश राउतले सिग्नेचर गर्नुभएको छ । त्यो प्रतिवेदन सार्वजनिक छ । त्यो प्रतिवेदन त मैले बोलेको कुराभन्दा धेरै कडा छ ।’

उनले अदालतको अवहेलना मुद्दा फेस गर्ने क्रममा त्यसको परिणाम कैद नै बस्नुपर्ने आएपनि आफू तयार रहेको बताए । परिस्थिति जेसुकै भएपनि आफू गैरकानुनी र गैरसंवैधानिक कामलाई सही भन्न नसक्ने उनले बताए ।

उनले भने, ‘संविधानको रक्षा, कानुनको रक्षामा हामी लागिरहने छौं । कानुनको शासन र स्वतन्त्र न्यायापालिकाको लागि मैले मुद्दा फेस गर्दा त्यसको परिणाम जे आएर कैद नै बस्नुपरेछ भने पनि म तयार छु । तर, म गैरकानुनी, गैर संवैधानिक कामलाई संवैधानिक भन्न सक्दिनँ ।’

घिमिरेविरुद्ध सर्वोच्च अदालत प्रशासनले चलाएको अदालतको अवहेलना मुद्दामा आगामी कात्तिक १ गतेका लागि पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इमेज सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर देवकुमार नेपाली जेल चलान

बागलुङ  । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि जेल चलान भएका

विपदमा खट्नुपर्ने पदाधिकारी मुलुक बाहिर हुँदा प्रतिकार्यमा कमजोरी भएको सरकारले स्वीकार्नुपर्छः रवि लामिछाने

काठमाडौं। सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन्। राज्यव्यवस्था

सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि

तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती

चितवन । असोज ११ र १२ गतेको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो