राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने गतिविधिलाई सूक्ष्म अध्ययन गरिरहेका छौंः प्रधानसेनापति सिग्देल



काठमाडौँ । रक्षामन्त्री मानवीर राईले संविधान प्रदत्त जिम्मेवारी र महामारीलगायत असहज परिस्थितिमा सुम्पिएको जिम्मेवारी नेपाली सेनाले सदैव उच्चतम ढङ्गले पूरा गरिरहेको बताएका छन् ।

नेपाली सेनाको सोमबारदेखि शुरु पृतनापति समन्वयात्मक बैठकमा उनले देशका सम्पूर्ण जिल्लालाई सडक सञ्जालमा जोड्ने विकास निर्माणसमेतमा संगठनको साख कायम राख्न सेना सफल भइरहेको बताए ।

बाढी तथा पहिरोमा परी मुलुक आक्रान्त रहेको अवस्थामा प्रभावित भएका आमसर्वसाधारणको उद्धारकार्यमा सेनाले पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै रक्षामन्त्री राईले थप अझ तदारुकताका साथ कार्य गर्न निर्देशन दिए ।

उनले भने, “धर्म, क्षेत्र, जात आदिका नाममा मुलुकमा अवाञ्छित क्रियाकलाप बढाउन खोजिएको साथै अन्तर्राष्ट्रिय, क्षेत्रीयस्तरमा भएका द्वन्द्वले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पार्ने प्रभाव एवं  राष्ट्रियता र राष्ट्रको रक्षा÷प्रतिरक्षामा बारेमा बैठकले गम्भीर समीक्षा गरोस् ।”

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने गतिविधिलाई सेनाले सूक्ष्म अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सृजना हुन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न सदैव तयार रहेको बताए ।

उनले सेनाको प्राथमिक जिम्मेवारी विशेषतः राष्ट्रको प्रतिरक्षा र आन्तरिक सुरक्षामा दिनानुदिन थपिँदै आएका चुनौतीका बारे बैठकमा छलफल योजनाको पुनरावलोकन तथा सङ्गठनको क्षमता विकासको आधुनिकीकरणका योजना अद्यावधिक गरिने बताए ।

प्रधानसेनापति सिग्देलले अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण विशेषगरी प्रभावित कोसी, मधेस, बागमती प्रदेशलगायत आसपासका क्षेत्रबाट घाइते, बिरामी र अलपत्र परेका नागरिकलाई पैदल तथा हवाई साधनमार्फत उद्धारकार्य भइरहेको बताए ।

उनले बाढी पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक सञ्जाल तथा राजमार्ग सञ्चालन गर्न लागि नेपाली सेनाले स्थानीय तह र सुरक्षा निकायसँग हातेमालो गरी तदारुकताका साथ गरिरहेको जानकारी गराए ।

विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिको सहभागिता रहेको दुई दिने बैठकमा पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गर्नु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्कास्पद वस्तु फेला नपरेपछि भिस्तारा एयरको विमानलाई खतरामुक्त घोषणा

काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

गुल्मी । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक-पटक अवरुद्ध बनेको छ ।

यस्ता छन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धि

काठमाडौं ।  रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगतरकानुनी, प्रशासनिक, विकास निर्माण,

भिस्ताराको विमानमा अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला परेन

काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि