नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन



काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर चीन खुसी रहेको बताएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले शुक्रबार आयोजना गरेको जनवादी गणतन्त्र चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव समारोहमा उनले आफूहरु सधै बलियो र स्वतन्त्र नेपालको पक्षमा रहेको उल्लेख गर्दै यसबाट दुवै देशका जनताको साझा हित हुने बताएका हुन् ।

उनले  भने, “नेपाल र चीन हिमाल र नदिले जोडिएका छन्, दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएका छन् ।”

उनले नेपालका सडकमा चिनियाँ विद्युतीय कारहरू दौडिरहेकामा खुसी व्यक्त गरे । उनले ‘भाइब्रेन्ट भिलेज’ परियोजनामार्फत नेपालमा गरिएको अर्ग्यानिक  तरकारी कतारमा निर्यात गरिएको, सुनकोशी मरिन डाइभर्सन सुरुङ सफलतापूर्वक सम्पन्नले आफूलाई खुसी बनाएको बताए ।

राजदुत चेनले चिनियाँ शैलीको आधुनिकीकरणको वास्तविकतालाई उजागर गर्दै चीनमा एक लाख ६० हजार किलोमिटर रेलमार्गको सपना साकार भएको उल्लेख गरे । उनले नयाँ युगको प्रारम्भदेखि हालसम्म चीनले गरिबीविरुद्धको ऐतिहासिक लडाई जितेको समेत स्मरण गरे ।

उनले चिनियाँ अन्वेषकहरूको अन्वेषणप्रतिको समर्पणकै कारण चिनियाँ अन्तरिक्ष स्टेसनलाई अन्तरिक्षमा यात्रा गर्न प्रेरित गरेको बताए । चिनियाँ कम्युनिष्ट पार्टीले विगत ७५ वर्षमा प्रमुख चुनौती, जोखिम, अवरोध र अन्तरविरोधबाट चिनियाँ जनतालाई मार्गदर्शन गरेको उल्लेख गर्दै उनले यसले चीनको सुरक्षा र विकासको स्थिरताका साथै प्रतिस्पर्धात्मकता, विकास र दिगोपनमा पनि निरन्तर सुधार गरेको धारणा व्यक्त गरे ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न दलका नेताहरु, सांसद, विभिन्न मुलुकका राजदूत, उच्च सुरक्षा अधिकृत, व्यावसायिक, विभिन्न क्षेत्र विज्ञ, सञ्चाकर्मीलगायतको उपस्थिति थियो । सो अवसरमा नेपाल र चीनका संस्कृतिसँग सम्बन्धित नृत्य समेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,

वर्षाका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

काठमाडौं  ।  बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडाैं उपत्यकाका धेरै स्थानमा पानी