काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ।
यसरी चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले उक्त कार्य गर्न निषेध गरिएको विमानस्थल प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
उनले भने, “विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेका छौँ। अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ।”
दसैँ नजिकिँदै गर्दा अहिले विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, बेलुन उडाउने कार्य बढिरहेका छन्।

प्रतिक्रिया