विराट मेडिकल कलेजले एकैपटक माग्यो एक हजार नर्स



काठमाडौँ । । विराटनगरस्थित विराट मेडिकल कलेजले एकै पटक एक हजार नर्स पदपूर्ति गर्ने भएको छ । एक हजार शय्या क्षमताको अस्पतालले बिरामीको संख्या बढिरहेको, चिकित्सक र पूर्वाधारसमेत तयारी अवस्थामा रहँदा नर्सको अभाव भएको भन्दै एकैपटक एक हजार जना पदपूर्ति गर्नका लागि आवेदन मागेको हो ।

कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्कीले अस्पतालमा हाल आइसीयू तथा क्रिटिकल केयरका लागि २०० शय्या रहेका जानकारी दिए ।

उनले भने, चिकित्सकहरु पनि प्रयाप्त हुनुहुन्छ तर नर्सको अभाव भयो त्यसैले एकैपटक ठूलो संख्यामा दरखास्त मागिएको हो ।’

चिकित्सा शिक्षा आयोगले १३७ नर्सिङ कलेजबाट अहिले ३९ वटा कलेजमा खुम्च्याउँदा जनशक्ति अभाव भएको उनले बताए ।

उनले भने, वार्षिक ४ हजार नर्स उत्पादन हुँदा पनि अभाव नै थियो । अहिले घटेर १८ सयमा झरेको छ । अहिलेका नयाँ पुस्ता नर्सिङ सक्ने विदेश जाने भन्ने देखिन्छ । यस्तो बेलामा सरकारले तत्काल नसोच्ने हो भने भविष्य त डामाडोल छ ।’

उनले नर्सहरु अभाव भएकोले दुई तीन सिफ्टमा काम गर्नु पर्ने बाध्यता रहेको समेत बताए । विराट मेडिकल कलेजले पूर्वी नेपालको ठूलो शिक्षण अस्पतालको रुपमा पहिचान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।