श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता



काठमाडौं । श्रीलंकाको राजदूतमा सिफारिस रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि समितिले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । त्यसपछि उनले आफ्नो फिर्ता लिन निवेदन दिएका छन् ।

दुईपटकसम्म समितिको बैठक स्थगित गरेर प्रमाणपत्र बुझाउनका लागि उनलाई समय दिइएपनि उनले मंगलबारसम्म प्रमाणपत्र बुझाउन सकेनन् ।

भट्टराईले प्रमाणपत्र बुझाउनका लागि यही ११ असोजसम्मको समय मागेका थिए । तर, मंगलबारसम्म उनीबारे निर्णय गर्नैपर्ने बाध्यतामा समिति थियो । किनकी मन्त्रिपरिषद्ले उनको नाम सिफारिस गरेको मंगलबार ४५ दिन पुग्दै थियो ।

साउन १४ गते बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिका लागि उनको नाम पनि सिफारिस गरेको थियो । जसमध्ये संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असोज १२ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । सरकारले दशैँका लागि असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

अनुमति बिना पर्सामा तेजाबको बिक्री र प्रयोगमा रोक

वीरगञ्ज ।  जिल्ला प्रशासन कार्यालय पर्साले  अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक

लुम्बिनीको राजधानीमा प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा प्रशासनिक पूर्वाधार संरचना निर्माण तीव्र

सरकारले जग्गा उपलब्ध गराए अस्पताललाई तीन सय शय्याको बनाउने भक्तपुर क्यान्सर अस्पतालको तयारी

शरद शर्मा, काठमाडौं ।  सानो भवन साँघुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य