सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआइबीको टोली पोखरामा



काठमाडौं ।पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पोखरा जाने भएको छ ।  अनुसन्धानमा सघाउन सीआइबीको दुई जनाको टोली मंगलबार पोखरा पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाका अनुसार दुई जनाको टोली आज साँझ  पोखरा पुग्नेछन् । पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी तथा गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडियका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले जग्गा उपलब्ध गराए अस्पताललाई तीन सय शय्याको बनाउने भक्तपुर क्यान्सर अस्पतालको तयारी

शरद शर्मा, काठमाडौं ।  सानो भवन साँघुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य

श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

काठमाडौं । श्रीलंकाको राजदूतमा सिफारिस रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन् । संसदीय

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध परेको रिटमा कारण देखाउ

नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिए