सिस्नेरी–दक्षिणकाली सडक असोज १९ सम्म बन्द हुने



काठमाडौं ।  काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीको सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गनुपर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडक भएर सञ्चालन गर्न पनि उनले आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
करातेमा रजत पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ ।  सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ मंगलबार स्वदेश फर्कएकी

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआइबीको टोली पोखरामा

काठमाडौं ।पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो

त्रिविमा २०५८ सालपछिका परीक्षार्थीले एकपटक मौका परीक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको भेटिए परीक्षा

खोटाङमा सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

खोटाङ । सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको