नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते



त्रिवेणी (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविमा २०५८ सालपछिका परीक्षार्थीले एकपटक मौका परीक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको भेटिए परीक्षा

सिस्नेरी–दक्षिणकाली सडक असोज १९ सम्म बन्द हुने

काठमाडौं ।  काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीको सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात

खोटाङमा सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

खोटाङ । सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको

आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

वालिङ । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम