मेलम्ची भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित चार जनालाई ८ वर्ष १ महिना कैद सजाय



काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष एक महिना कैद सजाय सुनाएको छ ।

सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय निर्धारण गरेको हो ।

विशेष अदालतले ठाकुरसहित सहित चार जना दोषी ठहर गरेको थियो । विशेष अदालतले आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई पनि ८ वर्ष एक महिना कैद निर्धारण गरेको छ ।

परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा जेष्ठ नागरिक रहेकाले ८ वर्ष कैदमा दुई वर्ष मिनाहा भएर ६ वर्ष कामय गरिएको छ । विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो माग गरेको छ ।

त्यस्तै, देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ । इप्टिसा र बेट्स (बीइटीएस) सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो माग गरेको छ ।

इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ भने सीएसीले २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ बिगो बुझाउनुपर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्ष तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुंगियो ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद

काठमाडाैं । ढल्केबर-सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको

सर्लाहीमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

  बरहथवा (सर्लाही) । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट भागेका आठमध्ये सात पक्राउ

  जनकपुर ।  जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार

संविधान संशोधन पान्डोराको बाकस खोलेको जस्तो भयो भने देश सम्हाल्नै नसक्ने खतरामा पुग्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दलले सत्ता