रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै पोखरामा सहकारी पीडितको प्रदर्शन(भिडियोसहित)



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा सोमबार बिहानैदेखि पोखरामा प्रदर्शन भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि सहकारीका पीडित बचतकर्ता र रास्वपाका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् । सहकारीपीडितले लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् भने रास्वपाका कार्यकर्ताले उनको बचाउ गर्दै नाराबाजीमा उत्रिएका हुन् ।

दुई पक्ष प्रदर्शनमा उत्रिएपछि त्यसक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी एवं लामिछानेको पूर्वसाझेदार छविलाल जोशी आइतबार पक्राउ परेपछि रवि पनि प्रहरी निगरानीमा परेका छन् ।

प्रहरीले पक्राउ गर्न लागेको खबरले रवि आइतबार मध्यरातसम्म पार्टी कार्यालयमा बसेका थिए भने ठूलो संख्यामा रास्वपाका नेता कार्यकर्ता पनि पार्टी कार्यालयमा भेला भएका थिए । रविलार्ई पक्राउ गर्न प्रहरीले अदालतबाट पक्राउ पुर्जीसमेत लिइसकेको बताइएको छ ।

पार्टी सभापति पक्राउ पर्ने खबर सार्वजनिक भएपछि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोली चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

  काठमाडौँ । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ

श्रीलंकाका लागि प्रस्तावित राजदूतले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाएपछि सुनुवाइ समितिको बैठक अनिर्णित

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको

जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

गण्डकी । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी तथा गोर्खा मिडिया प्रालिका

दुई वर्षपछि ‘डब्लुटिएम’ मा सहभागी हुदैँ पर्यटन बोर्ड

काठमाडौँ । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता