पूर्वडीआईजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो



पोखरा । सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । जोशीलाई सोमबार दिउँसो अदालतमा उपस्थित गराइएको हो ।

आइतबार काठमाडौंबाट पक्राउ गरी जोशीलाई पोखरा ल्याइएको थियो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

समितिले गोरखा मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको छानबिन समितिले फेला पारेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

  काठमाडौँ । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ

श्रीलंकाका लागि प्रस्तावित राजदूतले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाएपछि सुनुवाइ समितिको बैठक अनिर्णित

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको

जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

गण्डकी । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी तथा गोर्खा मिडिया प्रालिका

दुई वर्षपछि ‘डब्लुटिएम’ मा सहभागी हुदैँ पर्यटन बोर्ड

काठमाडौँ । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता