छविलाललाई पोखरा लगियो, सोमबार अदालत पेस गरिने



गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

जोशीलाई काठमाडौँमा पक्राउ गरेर आइतबार साँझ पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले जानकारी दिए ।

उनलाई सोमबार अदालतमा पेस गरिनेछ । कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई आइतबार दिउँसो शंखमूलबाट पक्राउ गरेको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष छविलाल जोशी, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको छानबिन समितिले फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविको प्रश्नः कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन्

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

वासिङटन, डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा भएका प्रधानमन्त्री

प्रेस काउन्सिलको ५५औँ वार्षिकोत्सवमा पत्रकारहरु सम्मानित

  काठमाडौँ । प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौँमा आयोजित एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन थुनामा राख्ने अनुमति दिएको