लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु



म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ ।

पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु गरेको हो ।

गत साउन २९ गते  तीन करोड २३ लाख १८ हजार पाँच सय ४४ मा ठेक्का सम्झौता गरे अनुसार निर्माण कम्पनीले सडक ढलानका लागि प्रारम्भिक चरणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोकाले जानकारी दिए।

सम्झौताअनुसार विसं २०८२ माघ २८ गतेसम्म काम सक्ने गरी नाली निर्माण र दुई किलोमिटर लम्बाइ र सात मिटर चौडाइमा आरसिसी ढलान गरिने उनले बताए। आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा  ९६ लाख विनियोजन गरेको छ ।

कच्ची सडकको धुलो र हिलोले स्थानीयवासी तथा पर्यटकलाई प्रभावित बनाएपछि मौलिकतालाई असर नपर्ने गरी सडक ढलान गर्न लागिएको लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताए।

यसअघि सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ र लोमान्थाङ गाउँपालिकाले यहाँको सडक, पैदल मार्ग र गल्लीमा ढुंगा बिछ्याएका थिए । यहाँ पर्खालभित्रको मागमा दरबार, गुम्बा र पुरानो बस्ती रहेको छ भने बाहिर पनि नयाँ बस्ती छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको  एक करोड २७ लाखको लागतमा पर्खालभित्रको पदमार्गमा चार हजार ४४ दशमलव २५ वर्ग मिटर क्षेत्रफलमा स्लेटढुंगा छाप्ने काम भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाको ६५ लाख २८ हजारको लागतमा स्लेटढुंगा छपान गर्ने काम भएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। यो क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएकाले पनि उच्च महत्त्व दिएर सुधारका काम भइरहेका उनले बताए ।

चोक र सडक छेउमा एक सय ५० वटा सडक बत्ती जोडेर रातको समयमा पनि उज्यालो बनाइएको छ । बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ ।

तीस फिटभन्दा अग्लो पर्खालले घेरिएको बस्तीको बीचमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब दुई सय वटा माटोले बनेका घर छन् । पर्यटकहरू यहाँको प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली अवलोकनका लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित न्युयोर्क

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले लगानी सहजीकरणसम्बन्धी

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण सुरु

तनहुँ । तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको