पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। धानमा बाला झुलेका छन्। तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन्। पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित छन्।

गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीले उनको धानखेतीमा क्षति पुर्‍याएको हो। ‘वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो। त्यसमै पानीले गह्रा भरिभराउ छ’, उनले भनिन्,‘धान काट्नै नसकिने अवस्था छ,आधा खेतको धान काम नलाग्ने भएको छ।’

हुरी र वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि खानलाई समस्या हुने उनको गुनासो छ। उनी वर्षभरिलाई खान पुग्ने फसल राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आएकी थिइन्। ‘आम्दानीको स्रोत कृषि नै हो। धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ’, लुहारले भनिन्,‘अब के खाने? के बेच्ने?’

भीमदत्त नगरपालिका–११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ। त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उनी अधियाँ गर्छन्। गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई के खाने? भन्ने चिन्ताले पिरोल्न थालेको छ।

‘हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो। न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै’, उनले भने,‘किनेर खान पनि पैसा छैन।’ बर्सेनि वर्षा र हुरीले बालीमा क्षति गर्ने गरेको भए पनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो छ।

अविरल वर्षापछि आएको बाढी र हुरीले कञ्चनपुरमा धानमा क्षति पुर्‍याएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँमा पनि स्ट्रबेरीखेती

दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा

मुस्ताङको चराङ दरबार संरक्षणको पर्खाइमा

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको ऐतिहासिक महत्वको चराङ दरबार । ढुङ्गा र

यस्तो छ आजको विदेशी मुद्रा विनिमय

काठमाडौँ । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, हटाउन माग

सन्तोष गौतम, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा