‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातबाट निधन



काठमाडौं । केही दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको छ । पाँचौं ’मिस्टर काठमाडौं’ शारीरिक सुगठन प्रतियोगिताका विजेता ४५ वर्षीय राईलाई असहज भएपछि बुधबार बिहान ग्रान्डी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा निधन भएको मिस्टर काठमाडौं आयोजक काठमाडौं जिल्ला बडि बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए ।

राईले केही दिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । मोरङको बेलबारीका राई टिम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक

काठमाडौं। सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ।

संविधान संशोधनमार्फत प्रदेशसभाको संरचनामा व्यापक परिवर्तन गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना