जिप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु



ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको पनि मृत्यु भएको छ ।

अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जिप दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । जिप सडकबाट ३ सय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु

बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने

लुम्बिनी । बौद्धदर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्याउने व्यक्तिहरूको विषयमा अनुसन्धान र

दुर्गा प्रसाईं, रविन्द्र मिश्रलगायतलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते घटेको घटनामा संलग्न आरोपमा पक्राउ परेका

काभ्रेको बनेपामा नवदुर्गा जात्रा सम्पन्न

काभ्रे । काभ्रेको बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आइतबार सम्पन्न भएको