काठमाडौँ महानगरपालिकामा ९५ दशमलव पाँच प्रतिशत साक्षर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।

कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

आव २०८०÷८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन् ।

गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ ।

काठमाडौँका स्थानीय तह, प्रदेश तथा संङ्घीय कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक’

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो

डोला दर्शनका लागि श्रद्धालुको भीड

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी

श्रीलंकाको राजदूतमा नेपाली नियुक्त

काठमाडौं । श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र

मनकामनाबाट फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा